ए डिभिजन लिगमा दाेस्राे चरणकाे खेल सुरु, २ खेल हुुँदै

खेलकुद

काठमाण्डौ, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्र’बारदेखि दोस्रो चरणको खेल सुरु हुँदै छ । पहिलो चरणको समाप्ति’सँगै एक दिन विश्रामपछि आजदेखि दोस्रो चरण’को खेल सुरु हुन लागेको हो ।

दोस्रो चरणको पहिलो दिन २ वटा खेल हुँदैछन् । मध्याह्न १२ बजे एन्फा मैदान सातदोबाटो’मा मच्छिन्द्र क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मच्छिन्द्रले पहिलो खेलमा बिग्रड ब्वाइजमाथि जित निकालेको थियो । तर गत वर्षकै अंक तिर्न बाँकी रहेका’ले तालिकामा मच्छिन्द्रको २ अंक छ ।

मच्छिन्द्रमा गत सिजनमा मनाङ मर्स्याङ्दी’लाई लिग च्याम्पियन बनाउँदाका खेलाडीहरुको बाहुल्यता रहेको छ । मच्छिन्द्र र च्यासल दुवै टिम जित निका’ल्ने लक्ष्यका साथ मैदान उत्रने छन् । मच्छिन्द्र विराज महर्जनको कप्तानीमा खेल्दै छ भने च्यासल सन्तोष साहुखलको कप्तानीमा’ छ ।

त्यस्तै दिउँसो ३ बजे दशरथ रंगशालामा हुने दोस्रो खेलमा ब्रि’गेड ब्वाइज र फ्रेण्ड्स क्लब प्रतिस्पर्धा गर्दैछन् । दुवै टिमले पहिलो चरणमा पराजय भोगेका’ले आज स्पष्ट जितका साथ तीन अंक जोड्ने प्रयासमा हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *