दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउने अध्यक्ष पुर्पक्षका लागि पठाईयाे कारागार

समाज

दाेलखा, एक दम्पतीलाई बोक्साबो’क्सीको आ’रोप लगाउने स्याखु टोल सुधार समितिका अध्यक्ष रत्न नारायण श्रेष्ठलाई पुर्पक्षका लागि कारा’गार चलान गरिएको छ ।

दोलखा जिल्ला अदालतमा बिहीबार भएको थुनछेक ब’हसमा दोलखाको उत्तरी विगु गाउँपालिका वडा नम्बर-५, चिलंखामा रहेकाे स्याखुका एक दम्पतीलाई बोक्साबो’क्सीको आरोप लगाउँदै सामाजिक बहि’ष्कार गर्ने निर्णय गर्ने समितिका अध्यक्ष श्रेष्ठलाई पुर्पक्षका लागि थुना’मा राख्ने आदेश भएको हो ।

त्यसैगरी घट’नाका प्रतिवादीहरु छत्र बहादुर मगर, तीर्थनारायण श्रेष्ठ, हरिध्वज मगर र श्याम भन्ने बुद्धराज मगरलाई दोलखा जि’ल्ला अदालतले जनही ३ लाख रुपैयाँ धरौटी माग गरेकोमा रकम बुझाउन नसकेपछि उनीहरु पनि कारा’गार चलान भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । त्यसैगरी त्यसै घट’नाका अर्का प्रतिवादी तुलबहादुर मगरलाई साधारण तारेखमा छोडिएको छ भने घटनामा संलग्न बाँकीको खोजी कार्य भइरहेको छ ।

स्याँखु टोल सुधार स’मितिले ६१ वर्षीय रत्न बहादुर श्रेष्ठ र ५७ वर्षीय कृष्णमाया श्रेष्ठलाई बोक्साबो’क्सीको आरोप लगाएको थियो । पीडित दम्पतीलाई आरोप मात्रै नल’गाइ स्याखु टोल सुधार समितिको भेलाले गाउँबाट निकाल्ने, कथित ‘इन्द्रजाल’ किताब उप’लब्ध गराउनुपर्ने र ‘झाँक्री’ले बकेकाले दोषी नै हो भनेर अपमान गरेको थियो ।

गएको मंसिर १ गते स्याखु टोल सुधार समितिका अ’ध्यक्ष ४२ वर्षीय रत्न नारायण श्रेष्ठको अध्यक्षतामा गाउँका एक सय १३ जना सहभागी भेलाले बिहान ८ देखि बेलुकी ५ बजेसम्म बोक्साबो’क्सीको आरोपसहित यात’ना दिएका थिए । उनीहरुले दबाब दिएर बोक्साबोक्सी भएको स्विकार्न ल्याप्चे लगाउन बाध्य पारेका थिए । घटना मंसिर १ गतेको भए पनि पीडि’तका जेठा छोरा ३५ वर्षीय भाजुराम श्रेष्ठ काठमाण्डौबाट आएर मंसीर ६ गते जाहेरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *