खरको छानो हटाएर टिनकाे छानाे दिईयाे सीमा क्षेत्रका बस्तीमा

समाज

दाङ, नेपाल–भारत सीमा क्षेत्र दा’ङ गढवा गाउँपालिका ८ को कोइलाबासका स्थानीयलाई घरछाउनको लागि जस्तापा’ता वितरण गरिएको छ । गढवा गाउँपालिका वडा कार्यालयले गएको आर्थिक वर्षको १४ लाख रुपैयाँ बजेटबाट वडाका ५९ घरधुरीको लागि जस्तापाता वितरण गरिए’को हो । गढवा ८ को मुसीनाका, खबरीनाका र कोइलाबास हुलाकी राजमार्ग आसपा’सका स्थानीयलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष सद्दाम सिद्धिकीले जानकारी दिनुभयो ।

गर्मी मौसममा खरका छा’नामा आगलागीको खतरा हुने भएका कारण आफ्नो कार्यअवधिभर कोइलाबासका सबै घर’को खरको छाना हटाउने योजना बनाएको वडाध्यक्ष सिद्धिकीले जानकारी दिनुभयो । जस्तापाता कार्यक्रमले प्रत्येक वर्ष निरन्तरता पाउने जानकारी दिँदै उहाँले स्थानीय उपभो’क्ताले सही सदुपयोग गरेर स्थानीय जनप्रतिनिधिलाई सल्लाह र सुझाव दिन आग्रह गर्नुभयो ।

जस्तापाता वितरण कार्यक्रममा प्रदेश ५ का सांसद इन्द्र’जीत थारुले सुरक्षित आवासको ग्यारेण्टी सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘टिनको छानोबाट यसको सुरु’वात गरिएको छ । तीन तहकै सरकारले जनता आवासको ग्यारेण्टीको कार्यक्रमहरु ल्याएका छन्, आवासवि’हिन कोही पनि हुँदैनन्’, सांसद थारुले भन्नुभयो ।

प्रदेश ५ को सरकारले जनता आवास कार्य’क्रम लागू गरी अति विपन्न र दलित समुदायको आवास निर्माण गरिरहेको स्मरण गराउँदै सांसद थारुले को’इलाबास क्षेत्रमा पनि जनता आवास कार्यक्रममार्फत तीनवटा घर बनाउने योजना रहेको बताउनु भयो ।

यसैबीच वडा कार्यलयबाट जस्तापाता पाएपछि स्था’नीय उपभोक्ताहरु खुशी भएका छन् । गढवा गाउँपालिका ८ खबरीनाकाका चन्द्रबहादुर बुढाले भन्नुभयो, घर छाउन टिन आ’उन लागेको छ भनेपछि खरको छाना फालेर टिन लगाउन तयार पारेको थिएँ, जस्तापाता पाउँदा खुशी लागेको छ ।’

यस्तै मु्सीनाकाका जीतबहादुर घर्तीले जस्तापाताको छाना पाएपछि सरकार भएको अ’नुभूति गरेको बताउनु भयो । ‘सरकार भएको महसुस भयो । जंगलको बीच’मा घर रहेकाले असुरक्षित थियो । आगलागी हुँदा डर हुन्थ्यो, अब धेरै सहज हुने भयो’, घर्तीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *